सर्लाहीमा एसईई परीक्षामा अमर्यादित क्रियाकलाप, तीन निरीक्षक निष्कासित

सर्लाही, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न भएको आरोपमा निष्कासित गरिएको छ ।
शिक्षा समन्वय इकाई कार्यालय सर्लाहीका अनुसार परीक्षा केन्द्रमा परीक्षार्थीहरुलाई अनुचित सहयोग गरिरहेको भेटिएपछि उनीहरूमाथि कडा कारबाही गरिएको हो ।
बलरा नगरपालिका–४ मा रहेको रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल रायलाई निष्कासित गरिएको छ ।
शिक्षा समन्वय इकाई कार्यालयले दिएको जानकारी अनुसार यी निरीक्षकहरूलाई परीक्षार्थीहरूलाई चिट चोर्न मद्दत गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
शिक्षा समन्वय इकाईले यस किसिमका घटना दोहोरिन नदिन सम्पूर्ण परीक्षा केन्द्रहरूमा निगरानी थप कडा बनाउने योजना सार्वजनिक गरेको छ । परीक्षामा संलग्न सबै निरीक्षकहरूलाई पारदर्शी र मर्यादित तरिकाले काम गर्न निर्देशन दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


