महोत्तरीको ज्वेलरी पसलमा २ करोडको चोरी

महोत्तरी, ३ चैत । महोत्तरीको बलवा नगरपालिका–३ पडौलामा रहेको प्रसिद्ध ज्वेलरी पसल ‘शिव शान्ति ज्वेलर्स’मा शनिबार राती ठूलो चोरी भएको छ ।
पसलका सञ्चालक अरुण साहका अनुसार चोरहरुले पसलको तिजोरी, सुनचाँदी, नगद र सीसीटीभी क्यामेराको डिभिआरसहित करीब २ करोडको सम्पत्ति चोरी गरेका छन् ।
घटना शनिबार रातको समयको हो । चोरहरुले तिजोरीको ताल्चा तोडेर ठूलो रकम र मूल्यवान सामान चोरी गरेका थिए । चोरहरुले चोरी गरेको तिजोरी स्कारपियोमा राखेर लगेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।
पसलको सीसीटीभी क्यामेरामा घटना कैद भएको भए पनि चोरहरुले डिभिआर (डिजिटल भिडियो रेकर्डर) पनि चोरेका कारण भिडियो फुटेज प्राप्त गर्न कठिनाई भइरहेको छ । तथापि, प्रहरीले घटनाबारे अनुसन्धान थालेको र चोरी गरेको सामानको विवरण र चोरको पहिचान गर्न प्रयास जारी राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


