जनकपुरधाम, १ चैत । जनकपुरधामको अन्तरगृह परिक्रमामा आज एक स्वास्थ्य शिविरको आयोजना गरिएको छ । यो शिविर तराई डेन्टल क्याम्प, रोटरी क्लब अफ जनकपुरधाम र इन्टरएक्ट क्लब अफ जनकपुरधामको संयुक्त पहलमा सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा परिक्रमामा सहभागी भक्तजनहरुलाई निशुल्क दन्त परीक्षण र सामान्य स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

शिविरको संचालनमा चिकित्सक, दन्त चिकित्सक र स्वयंसेवकहरूको टोलीले सक्रिय भूमिका निर्वाह गर्दै भक्तजनलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा र सचेतना प्रदान गरेका थिए ।

यस शिविरमा धेरै भक्तजनहरूले स्वास्थ्य सेवाको लाभ उठाएका थिए । यसले समुदायमा स्वास्थ्यको महत्व र आवश्यकता बारे थप सचेतना फैलाएको छ ।

आयोजकले स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू र समुदायका सदस्यहरूको सक्रिय योगदानको प्रशंसा गर्दै कार्यक्रमको सफलतामा सबैको महत्वपूर्ण भूमिका भएको जनाए ।

रोटरी क्लब अफ जनकपुरधामले यस प्रकारका स्वास्थ्य शिविरहरूले समुदायमा स्वास्थ्य सेवा पुर्याउने मात्र नभई सामुदायिक सेवाको भावना पनि सशक्त बनाउने र समाजमा स्वास्थ्य सम्बन्धी समृद्धि ल्याउने विश्वास व्यक्त गरेको छ ।

आयोजनकर्ताहरुले यस्ता प्रकारका कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका छन् । यसले जनसमुदायमा स्वास्थ्यसम्बन्धी जागरुकता र सेवा विस्तार गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।