रौतहटबाट भन्सार छली गरि ल्याइएका सामानसहित एक युवक पक्राउ

रौतहट, २८ फागुन । रौतहट प्रहरीले अवैध भन्सार छली गरि नेपाल भित्र्याइएका विभिन्न सामान र दुईवटा मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवकको पहिचान गौर नगरपालिका–४ टीकुलियाका २५ वर्षीय भोला साहको रूपमा भएको छ ।
जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले मंगलबार साँझ उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले १ लाख ७५ हजार रुपैयाँ बराबरको मोटर पाट्र्स, कपडा, किराना सामग्री लगायतका विभिन्न वस्तुहरू जफत गरेको छ । यसैगरी, दुईवटा मोटरसाइकलहरू – विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८० समेत बरामद गरिएको छ ।
डीएसपी दीपक कुमार रायका अनुसार जफत गरिएका सामान र मोटरसाइकलहरू भारतीय बजारबाट भन्सार छली गरेर नेपाल ल्याइएको पाइएको हो । उक्त मामला अनुसन्धान गर्नका लागि युवकलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
पक्राउ परेका युवकले होलीको अवसरमा नेपाली र भारतीय तस्करहरूले चोर बाटोमार्फत अवैध सामान नेपाल भित्र्याउने प्रयास गरिरहेको भन्ने तथ्यलाई पुष्टि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


