जनकपुरधाममा लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सको तेस्रो शाखा सञ्चालनमा

जनकपुरधाम, २८ फागुन । जनकपुरधामका प्रसिद्ध मिठाई पसल लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सले आफ्नो तेस्रो शाखा विस्तार गर्दै जनकपुरधामको तपसी चोकमा नयाँ शाखा खोलेको छ ।
बुधवार आयोजित एक भव्य समारोहमा लडडु गोपाल स्विट्सका संस्थापक लालबाबु साह र रामदुलारी देवी साहले रिबन काटेर नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
यस अवसरमा सञ्चालक बीरेन्द्र साहले भने, ‘हामी कहाँ ५१ प्रकारका शुद्ध र गुणस्तरीय मिठाई र अन्य परिकारहरू उपलब्ध गराउँछौं । यो तेस्रो शाखा विस्तार गरेर हामीले पनि मिठाईको गुणस्तरमा कुनै सम्झौता नगर्ने वाचा गरेका छौं ।’ उनले थपे, ‘यो शाखा पनि हाम्रो अन्य शाखाजस्तै गुणस्तरीय र उत्कृष्ट हुनेछ ।’
लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सको पहिलो शाखा जनकपुरधामको क्याम्पस चोकमा र दोस्रो शाखा जनकपुरधाम विमानस्थलमा स्थापना गरिएको थियो । तेस्रो शाखा तपसी चोकमा ५० लाखको लगानीमा स्थापना गरिएको हो । तीनवटै शाखामा अहिले ५१ जना कर्मचारीलाई रोजगार दिइएको छ ।
सञ्चालक साहले यो पसलमा ४५ प्रकारका मिठाई र विभिन्न प्रकारका स्वादिष्ट स्न्याक्स उपलब्ध हुने जानकारी दिए । ‘हामीले हरेक मिठाईलाई ताजा र गुणस्तरीय राख्ने प्रयास गरेका छौं । साथै हामीले शाहाकारी परिकार मात्र उपलब्ध गराएका छौं,’ उनले भने ।
गुणस्तरको मामिलामा कुनै सम्झौता नगर्ने लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सले आफ्ना ग्राहकको आर्थिक स्तरलाई मध्यनजर गर्दै मिठाईको मूल्य निर्धारण गर्ने कुरा पनि उनले उल्लेख गरे । यस वर्षको होलीको अवसरमा विशेष छुटको व्यवस्था समेत गरिएको छ ।