महामूर्ख सम्मेलनको तयारी तिव्र

जनकपुरधाम, २८ फागुन । मिथिला क्षेत्रमा लोप हुँदै गइरहेको जोगिरा लगायतका होलैया गायनलाई जिवन्त राख्न मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होरी महोत्सव मनाउँदै आएको छ ।
होरीको अवसरमा जनकपुरधाममा जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ । होरीको अवसरमा आयोजना हुने सो सम्मेलन देशैभर प्रसिद्ध छ ।
मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भूमिका खेलेको मिथिला नाट्य कला परिषद् र मिनापले संयुक्त रुपमा सम्मेलन आयोजन गर्दै आएका छन् ।
मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्याङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । यो मिथिला क्षेत्रमा चर्चित छन् ।
विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । जनकपुरधाममा महामूर्ख सम्मेलन बिहीबार र शुक्रबार हुने भएको छ । फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजना गरिन्छ ।
फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुने भएका छन् । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यस अन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला लगाउने प्रचलन छ ।
महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरधाममा आयोजना गरिने सम्मेलनले निकै उचाइ पाएको छ । मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो ।
होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाममा उच्छृंखलता र विकृति बढेकोतर्फ जिल्लाका वुद्धिजीवीले चिन्ता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


