महोत्तरीका भूमिसुधार कार्यालयका कर्मचारी ३५ हजार रुपैयाँ घुससहित पक्राउ

जनकपुरधाम, २७ फागुन । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका दुई कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई ३५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार यी कर्मचारीहरूले सेवाग्राहीबाट पुख्र्यौली जग्गाको ट्रायल चेक र नक्सा सुधार गरेर नयाँ जग्गा कायम गरिसक्दा पनि घुस मागेका थिए ।
सेवाग्राहीलाई धम्की दिएर यदि रकम नदिइए जग्गाको नयाँ पुर्जा नबनाइने बताएका थिए । त्यसपछि सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिए ।
अख्तियारको टोलीले छानबिन गर्दै सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएपछि दास र महतोलाई तत्काल पक्राउ गरेको छ । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।
यो घटना सार्वजनिक भएकोले महोत्तरीको भूमिसुधार र मालपोत कार्यालयको कार्यशैलीमा शंका र आलोचना बढेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


