सिरहा, २१ फागुन । प्रहरीले सिरहाको नवराजपुरकी रिंकु कुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरेको छ ।

गत माघ २७ गते राति शौच गर्न बाहिर गएकी रिंकुलाई स्थानीय तीन युवाले सामूहिक बलात्कार गरेका थिए । घटनालाई गाउँमै मिलाउने प्रयासस्वरूप माघ २९ र ३० गते पञ्चायत बसेको थियो ।

पञ्चायतले पीडकहरूलाई १ लाख ४० हजार जरिवाना तिर्न लगाउने तथा पीडित परिवारलाई प्रहरीमा उजुरी गर्न नदिने निर्णय गरेको थियो । तर, सम्झौता नमिल्दा पीडक पक्षको धम्कीका कारण माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।