परिक्रमा यात्रीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन

जनकपुरधाम, २० फागुन । नेपाल भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा यात्रीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
हनुमाननगरबाट सुरु भएको यस स्वास्थ्य शिविरले आज महोत्तरीको मडईमा यात्रीहरूलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
स्वास्थ्य शिविरको बारेमा जानकारी दिँदै सम्वाद समूह र क्लोथ बैंकका अध्यक्ष राजिव कुमार झाले भने, ‘यस शिविरको उद्देश्य परिक्रमा यात्रीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीले हनुमाननगर, मटिहानी, जलेश्वर हुँदै आज मडईमा यात्रीहरूलाई सेवा दिएका छौं ।’
शिविरको व्यवस्थापनका लागि दिपक कुमार यादवको संयोजनमा एक समुह गठन गरिएको थियो । यस शिविरमा यात्रा गर्दै आएका भक्तजन र यात्रुहरूको स्वास्थ्य जाँच, औषधि वितरण र अन्य स्वास्थ्य सम्बन्धी आवश्यक सहयोग प्रदान गरिएको छ ।
समुहका कार्यालय सचिव कृष्ण कुमार साहले भने, ‘हामी यात्रीहरूको खोजतलासमा सहयोग गर्दै स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गर्दै आइरहेका छौं ।’
स्वास्थ्य शिविर नेपालतर्फका सबै पडावमा सञ्चालन गरिने योजना रहेको छ । परिक्रमा यात्रीहरूलाई सम्पूर्ण यात्राभर स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


