मधेश शहीद प्रतिष्ठानका सदस्य यादव मृत अवस्थामा फेला

जनकपुरधाम, २० फागुन । मधेश शहीद प्रतिष्ठानका सदस्य रामनरेश यादव जनकपुरधामस्थित मधेश भवनमा आफ्नै आवासमा मृत अवस्थामा फेला परेका छन् ।
आज बिहान ७ बजे यादव आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । प्रारम्भिक अनुसन्धानमा शवमा बान्ता गरेको संकेत भेटिएको छ । तर, मृत्युको स्पष्ट कारण खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार घटनास्थलमा पुगेका प्रहरीले यादवको शवको अवस्थाबारे अनुसन्धान थालेका छन् ।
उनले भने, ‘शवको प्रारम्भिक परीक्षणबाट बान्ता गरेको देखिएको छ । तर, मृत्युको कारण बारे पक्कै भन्न सकिन्न । हामी थप अनुसन्धान गरिरहेका छौं ।’
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ । प्रहरीले मृत्युको कारणको बारेमा पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र स्पष्ट जानकारी दिन सकिने बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


