पूर्ववडाध्यक्ष शत्रुधन साह पक्राउ

जनकपुरधाम, १९ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का पूर्वअध्यक्ष शत्रुधन साहलाई पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार साहलाई लेनदेनको विवादमा पक्राउ गरिएको हो । उनले महावीर युवा कमिटीका पूर्वअध्यक्ष धर्मेन्द्र साहसँग ठूलो रकमको लेनदेन गरेका थिए । तर, साहले पैसा फिर्ता नगरेपछि धर्मेन्द्र साहले मुद्दा दायर गरेका थिए ।
यस सम्बन्धमा जिल्ला अदालत धनुषाद्वारा शत्रुधन साहलाई २०८१ फागुन १२ गते पक्राउ पूर्जी जारी गरिएको थियो ।
अदालतको आदेश अनुसार साहलाई २ वर्षको कारावास सजाय तोकिएको छ । यसका साथै अदालतमा उपस्थिति गराइदिन प्रहरीलाई पत्राचार गरिएको थियो ।

पक्राउपछि शत्रुधन साहलाई कानून अनुसार कारवाही प्रक्रिया अघि बढाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


