जनकपुरधाम, १८ फागुन । जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्ना मातहत इकाईहरूको सन्ध्याकालिन निरीक्षण र अनुगमन गरेको छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा रहेको टोलीले विभिन्न प्रहरी इकाईहरूको कार्यसम्पादन र सुरक्षा व्यवस्थाको निरीक्षण गरेको हो ।

प्रहरी उपरीक्षक तिवारीको कमाण्डमा रहेको टोलीले इलाका प्रहरी कार्यालय औरही, प्रहरी चौकी गिद्धा, प्रहरी चौकी माची र प्रहरी चौकी ठाढीझिझाका इकाईहरूको सन्ध्याकालिन निरीक्षण र अनुगमन गरेको जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ ।

सन्ध्याकालिन निरीक्षणको क्रममा प्रहरी कार्यालयका उच्च अधिकारीहरूले प्रत्येक इकाईको सुरक्षा स्थिति, प्रहरीको ड्युटी पालना र सामान्य सुरक्षासम्बन्धी कार्यप्रणालीको मुल्यांकन गरेको छ । यो निरीक्षणले स्थानीय प्रहरी इकाईहरूको कार्यसम्पादनमा सुधार र व्यवस्थापनमा पारदर्शिता ल्याउने उद्देश्य राखेको जनाइएको छ ।

प्रहरी उपरीक्षक तिवारीले निरीक्षणको क्रममा मातहत इकाईहरूको कार्यक्षमता र तदारुकता बढाउन निर्देशन दिँदै प्रत्येक प्रहरी चौकी र कार्यालयको कार्यप्रणालीलाई सुधार गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने कुरा उल्लेख गरे ।

उनले स्थानीय नागरिकको सुरक्षा र विश्वासमा सुधार ल्याउन प्रहरीले थप कडाइ र दायित्व बोधका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।