अब्दुल खानको हातहतियार प्रदर्शनले कानूनी शासनमाथि गम्भीर प्रश्न

जनकपुरधाम, ४ फागुन । नेपाल सरकारका पूर्व खानेपानी मन्त्री एवम् जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुल खान र पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसेदले सामाजिक सञ्जालमा हातहतियारसहितका तस्बिर पोस्ट गरेपछि कानूनी शासनको निष्पक्षतामा गम्भीर सवाल उठेको छ ।
सामाजिक सञ्जालमा हातहतियारको खुलेआम प्रदर्शनले देशको कानूनी र सुरक्षा अवस्थालाई चुनौती दिएको कतियौंको आरोप छ ।
नेपालमा हातहतियार प्रदर्शनलाई कडा रुपमा निषेध गरिएको भएता पनि प्रभावशाली राजनीतिक नेताहरुले यस प्रकारका गतिविधिमा संलग्न हुनुको अर्थ भनेको राज्यका कानूनी प्रावधानलाई चुनौती दिनु हो ।
अब्दुल खानले आफ्नो राजनीतिक प्रभाव र जनमत पार्टीको इन्फ्लुएन्सलाई अझ बढाउने उद्देश्यले यस प्रकारका कदम चाल्नु भनेको राजनीतिक अस्थिरता फैलाउने र असंवैधानिक गतिविधिमा संलग्न हुने संकेत रहेको विभिन्न टिप्पणीहरु देखिएका हुन् ।
यस घटनाले न केवल कानूनी निकायको छवि खराब गरेको छ, बरु नेपालमा लोकतन्त्र र कानूनको पालना गर्ने प्रक्रियालाई पनि कमजोर बनाएको सामाजिक सञ्जालहरुमा आरोप लगाइएको छ ।
समाजमा यस्तो प्रकारको हातहतियार प्रदर्शनलाई खारेज गर्नका लागि तेस्रो पक्षबाट कानूनी कारवाहीको माग भइरहेको छ । यो घटनाले नेपाल सरकार र राजनीतिक नेताहरूलाई थप उत्तरदायित्वको भावनामा बाँध्नुपर्ने आवश्यकता बल्झाएको छ ।
अब्दुल खान र शेख जमसेदको यस प्रकारको गतिविधि कानूनी र सामाजिक दृष्टिले अनुमोदित गर्न सकिन्न र सरकारले यसमा गम्भीर कदम चालेको समय आइसकेको जनकपुरधामका युवा ललित यादवको भनाइ छ ।
शनिबार गौर नगरपालिकाको सबगढास्थित शेख जमसेदको घरमा भेटघाटका क्रममा दुवैले बन्दुक सहित फोटो र भिडियो खिचेका थिए । साथै, उनीहरूले सोही हतियार बोकेर सार्वजनिक रुपमा डुल्दा पनि तस्वीर र भिडियो खिचेका थिए । यस घटनाले स्थानीय प्रशासन र समाजमा आलोचना र प्रश्न उठाएको छ ।
घटनाको विवरण अनुसार अब्दुल खान र शेख जमसेद घरमा भेटघाट गर्दै दुई जना व्यक्तिलाई बन्दुक भिर्न लगाएर आफूहरू सोफामा बसेका थिए । जमसेदले उक्त भेटघाट र डुलाएको फोटो र भिडियो फेसबुकमा सार्वजनिक गरेका थिए ।
तर, आलोचनापछि उनले ती तस्बिर र भिडियो फेसबुकबाट हटाएका थिए । यस घटनाले जनमत पार्टी र यसको नेताहरूको सार्वजनिक छवि र समाजमा कानूनी शासनको आस्थामा ठूलो धक्का पुर्याएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त बन्दुक लाइसेन्स प्राप्त हतियार हुन् र सोधपुछपछि शेख जमसेदलाई छाडिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले भने, ‘सामाजिक सञ्जालमा देखिएका बन्दुकहरु इजाजत पत्र भएको देखियो । इजाजत प्राप्त हतियारलाई घरमा राख्न पाइन्छ । र, सोधपुछपछि हामीले उनलाई छाडेका छौं ।’
शेख जमसेदले सामाजिक सञ्जालमा हतियारको फोटो राख्नु आफ्नो गल्ती भएको बताएका छन् । दुबै बन्दुक इजाजत प्राप्त हुन् । तर, सामाजिक सञ्जालमा राख्नु भूल भयो । मैले सो पोष्ट हटाइसकेको छु, ‘उनले भने ।
तर, प्रश्न उठ्छ कि यस्ता घटनामा कानूनी र सामाजिक दृष्टिकोणमा उचित कदम चाल्नुपर्छ । नेपालको कानूनी प्रणालीले हतियारको प्रदर्शनलाई कडाइका साथ निषेध गरेको छ ।
यस घटनाले कानूनी शासनको सुसंस्कृतता र लागू गर्ने प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । जनमत पार्टीका नेताहरूको यस प्रकारको गतिविधि जनता र राज्यका कानूनी निकायको अनभिज्ञता र असंवेदनशीलता प्रकट गर्न सक्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


