जनकपुरधाम, २५ माघ । धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय राजन यादव दुई दिनदेखि सम्पर्कविहीन रहेका छन् ।

उनी जनकपुरधामस्थित राजर्षी जनक क्याम्पसमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत छन् । माघ २४ गते बिहीबार बिहान ६ बजे घरबाट क्याम्पस जान निस्केका यादव अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । राजन यादव दिनेश प्रसाद यादवका छोरा हुन् । उनी स्कलरसिपमा अध्ययन गर्दै आएका एक मेधावी छात्र हुन् ।

परिवारजनका अनुसार राजन हरेक दिनजस्तै क्याम्पस जानका लागि बिहान ६ बजे घरबाट निस्किएका थिए । तर, त्यस दिन उनी निर्धारित समयमा क्याम्पस पुगेनन् र त्यसपछि उनको मोबाइल पनि अफ रहेको पाइएको छ । परिवारजनले राजनको खोजीमा व्यापक प्रयास गरिरहेका छन् । अहिलेसम्म उनको कुनै पत्तो लागेको छैन ।

राजनको हराएपछि उनका परिवारजन चिन्तित छन् । छोराको अवस्था अज्ञात हुँदा परिवारले विभिन्न ठाउँमा खोजी अभियान चलाइरहेका छन् । स्थानीय प्रशासनलाई पनि यसबारे जानकारी गराइएको छ । राजनका साथीभाइ र शिक्षकहरूले पनि उनको खोजीका लागि विभिन्न माध्यमबाट प्रयास गरिरहेका छन् । तर, हालसम्म उनी सम्पर्कमा आएका छैनन् ।

राजन यादव मेधावी विद्यार्थी भएकाले उनले आफ्नो अध्ययनमा राम्रो प्रगति गरिरहेका थिए । क्याम्पस र परिवारजनले उनको खोजीमा सहयोग गर्न अनुरोध गरेका छन् ।

यदि कोहीले राजनलाई देख्नु भएको छ वा उनको बारेमा कुनै जानकारी प्राप्त भएको छ भने तत्काल ९८४४४५४७०७ वा ९८०७८२३९२३ मा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् ।