जनकपुरधाम, १३ माघ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा रहेको रामलला लक्ष्मी फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

आगलागीबाट लाखौं मूल्य बराबरका फर्निचर जलेर नष्ट भएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र नेपाल प्रहरीले बारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।

आगलागीको कारण अझै खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान जारी रहेको जनाएको छ ।

थप क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको छ ।