जनकपुरधाम, २८ पुष । जिल्ला प्रहरी कार्यालय धनुषाले हराएको एक बृद्ध महिलालाई फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।

भारतको मधुवनी जिल्लाको पथरिया घर भएकी ६९ वर्षीया सिगांर देवी जनकपुरधाम घुम्न आएकी थिइन् ।

शनिबार बिहान करिव पौने ११ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ तिरहुतिया गाछीमा सिगांर देवीलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

प्रहरीको तिव्र खोजतलासपछि महिलाको छोरा राम कृष्ण गुप्तालाई जिम्मा लगाएर फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।