जनकपुरधाम, २७ पुष । विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा आज जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गर्न लागेको छ ।

उत्सवको मुख्य आकर्षण रंगोली प्रतियोगिता र दीप प्रज्जवलन कार्यक्रम रहनेछ । श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानको इतिहासलाई जनसमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

विश्व हिन्दू परिषद धनुषाका युवा प्रमुख मोहन हिन्दुले यस उत्सवको महत्वको बारेमा चर्चा गर्दै भने, “श्रीराम मन्दिरको निर्माणको इतिहास, यसका साथमा भएको संघर्ष र बलिदानको कथालाई जनसमक्ष ल्याउनु हाम्रो मुख्य उद्देश्य हो । यो उत्सव श्रीराम मन्दिरको महिमा र यसको निर्माणको महत्त्वलाई उजागर गर्ने अवसर बन्नेछ ।“

कार्यक्रमका प्रमुख आकर्षणहरूमा एक डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी गरिएको छ । यो डकुमेन्ट्री आधुनिक प्रोजेक्टरमार्फत श्रीराम मन्दिरको निर्माणको इतिहास र यसमा भएका चुनौतीहरूको बारेमा जानकारी दिनेछ । यस डकुमेन्ट्रीले श्रीराम मन्दिरको निर्माण संघर्षको बारेमा जनतालाई थप जागरुक पार्नेछ र यस मन्दिरको महत्त्वलाई प्रष्ट्याउनेछ ।

कार्यक्रम आज दिउँसो ३ः०० बजे जानकी मन्दिरमा आयोजना हुनेछ । कार्यक्रममा जनकपुरधामका समस्त नागरिकलाई उपस्थित हुन आग्रह गरिएको छ ।

कार्यक्रमका संयोजक तथा नगर उपाध्यक्ष गौरी शंकरले जनकपुरधामवासीलाई उत्सवमा सहभागी हुनको लागि अपील गर्दै भने, “यस उत्सवले श्रीराम मन्दिरको इतिहास र महत्त्वलाई सम्झना गराउन र जनतालाई एकजुट बनाउन मद्दत पुर्याउनेछ ।“

उत्सवको आयोजना श्रीराम मन्दिर निर्माणको संघर्ष र बलिदानलाई स्मरण गर्दै जनकपुरधामवासीलाई एकजुट बनाउनका लागि गरिएको हो । गौरी शंकरले यस अवसरमा सबैलाई उत्सवको हिस्सा बन्न आह्वान गरेका छन् । यस कार्यक्रमले जनकपुरधामका हिन्दू धर्मावलम्बीहरूको धार्मिक भावना र श्रीराम मन्दिरको प्रतीकत्वलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

श्रीराम मन्दिरको निर्माण इतिहासको स्मरण गर्दै यस उत्सवलाई थप भव्य र समृद्ध बनाउन सम्पूर्ण जनकपुरधामवासीको सक्रिय सहभागीता र समर्थनको अपेक्षा गरिएको छ ।