सर्वसाधारणसँग लाखौं रकम ठगी गर्ने गिरोहका नाइके सप्तरीबाट पक्राउ

सप्तरी, २३ पुष । सर्वसाधारणसँग लाखौं रकम ठगी गर्ने गिरोहका नाइकेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामा कट्टीका ४८ वर्षीय रामबहादुर रजक रहेको प्रहरीले जनाएको छ ।
सर्वसाधारणसँग रकम लिएर डबल गरिदिने प्रलोभन देखाएर अहिलेसम्म उनले ५० लाख ७५ हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनलाई ठगी तथा अपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको प्रहरी उपरीक्षक खतिवडाले बताए । उनीमाथि सप्तरी जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।
रजकका गिरोहले अरु व्यक्तिसँग पनि रकम डबल गरिदिने नाममा ठगी गरेको सूचना आएको प्रहरी उपरीक्षक खतिवडाको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


