जनकपुरधाम, २३ पुष । जनकपुरधाममा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

मधेश प्रदेशको राजधानीसहितका जिल्लाहरूमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

चीनको सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्का जनकपुरधामसहित अन्य जिल्लाहरूमा पनि महसुस भएको थियो ।

बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि जनकपुरधामवासी हो-हल्लासहित घरबाहिर निस्केका थिए ।

भूकम्पका पराकम्पहरू फेरी आउन सक्ने भएकोले सतर्क रहन राष्ट्रिय भूकम्प मापन केन्द्रले आग्रह गरेको छ ।