राम मन्दिर पार्क सौन्दर्यीकरणका लागि ५० लाखको कार्यादेश

जनकपुरधाम, २२ पुष । जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिर पार्क सौन्दर्यीकरण अभियानको योजना अघि सारेको छ ।
राम मन्दिरलाई पर्यटकीय रुपमा विकासका लागि पार्क सौन्दर्यीकरण गर्न स्थानीय महावीर युवा कमिटिलाई ५० लाख रुपैयाँको कार्यादेश दिइएको हो ।
अहिले मन्दिरको मौलिकता हराउँदै गएको समयमा मन्दिर परिसरमा स्वच्छ, सुन्दर, रमणीय स्थलहरुको निर्माण, सरसफाइ, बगैंचा निर्माण गर्ने अभिप्रायले पार्क सौन्दर्यीकरण गर्ने योजना शुरुवात गर्न लागिएको महावीर युवा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।
विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाका रुपमा विश्वभर चिनाउन राम मन्दिरको पार्क सौन्दर्यीकरण परियोजना सुरु गरेको नगरप्रमुख मनोज कुमार साहले बताए ।
जनकपुरधामको पूरानो मन्दिरहरुमध्ये एक राम मन्दिरको पार्क सौन्दर्यीकरणका लागि जनकपुरधाम उपमहानगपालिका मार्फत ५० लाखको कार्य आदेशको अनुमति लिइएको र अब काम शुरुवात गरिने कमिटिका अध्यक्ष गुप्ताले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


