बौआ हनुमान मन्दिरको पुनःनिर्माणका लागि समुदाय स्तरबाट सहयोग जुट्दै, थप सहयोगको आह्वान

जनकपुरधाम, २२ पुष । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ रामानन्द चोकस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त बौआ हनुमान मन्दिरको पुनःनिर्माणका लागि समुदाय स्तरबाट अहिलेसम्म करिव १३ लाख रुपैयाँ सहयोग जुटेको छ ।
हालसम्म स्वदेश तथा विदेशबाट सो सहयोग रकम प्राप्त भएको सुन्दर सदनका महन्थ नवलकिशोर शरणले जानकारी दिएका हुन् ।
महन्थ दासले जनकपुरधामस्थित अग्नि कुण्ड मन्दिरको मातहतमा रहेको सुन्दर सदन अन्तर्गतको रामानन्द चोकस्थित बौआ हनुमान मन्दिरको पुन:निर्माणका लागि अहिलेसम्म सहयोग गरेका सहयोगी दाताहरुको नाम सार्वजनिक गरेका छन् ।
महन्थ शरणले आफ्नो फेसबुकमार्फत बौआ हनुमान मन्दिरको पुन:निर्माणका लागि सहयोग गर्ने दाताहरुको नाम सार्वजनिक गर्दै थप सहयोगको अपिल गरेका छन् ।
मन्दिर पुनःनिर्माणका लागि पहिलो चरणमा महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले १ लाख १ हजार, हनुमान अराधना मण्डल जनकपुरधाम शाखा नं. १९९० दोहाकतारबाट १ लाख ७ हजार, अन्नपूर्णा होटल जिरोमाइलको तर्फबाट मुन्ना साहले १ लाख ५ हजार, भारतको विहार राज्य अन्तर्गत जयनगर शहीदचोकका कृष्णा रायले १ लाख १ हजार १ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, महोत्तरीको सोनमा गाउँपालिका मगरथानाका संजीव कुमार यादवले १ लाख १ हजार, नमस्ते टेडर्स जनकपुरधामका सञ्चालक बजरंग यादवले १लाख १ हजार, हिन्दु सम्राट सेना नेपालले १९ हजार, सिरहा कर्जन्हाका कुशेश्वर महतोको तर्फबाट १ लाख ५१ हजार र महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबन्नीका गणेश राय यादवले १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
दोस्रो चरणमा महोत्तरी भंगहा नगरपालिका–९ अजगेवा बस्ने महालक्ष्मी आइरन स्टोर्सका सञ्चालक अरुण कुमार यादवले १ लाख १ हजार, महोत्तरी तपनपुरका स्थायीबासी भई हाल दोहा कतारमा बस्दै आएका समसुल आलमले १८ हजार ५ सय ३७, लालबाबु कवारीले १ हजार ८ सय ५०, कपिलदेव यादवले ३ हजार ७ सय ३७, नथुनी साहले ३ हजार ७ सय रुपैयाँ सहयोग गरेका छन् ।
धनुषा सरसा स्थायी घर भई हाल कतारमा बस्दै आएका सरोज यादवले ३ हजार ७ सय, महोत्तरी मधेपुराका सुबोध यादवले ९ हजार २ सय ८७, धनुषाको ठिल्ला भठिहन स्थायी घर भएका मुस्तकिम राईनले १ हजार ८ सय ५०, महोत्तरीको मधेपुरा घर भई हाल कतारमा रहँदै आएका दयाराम महतोले ९ सय २५ र धनुषाको महेन्द्रनगर बस्ने पूर्व प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार यादवले १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
ऐतिहासिक संरचनालाई असर नगर्ने गरी बौआ हनुमान मन्दिर पुनःनिर्माणका लागि ३ करोड रुपैयाँ लागत अनुमान गरिएको महन्थ नवल किशोर शरणले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


