निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम, २० पुष । ‘स्वस्थ समाज, समृद्ध समाज’ भन्ने मुख्य उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ सरस्वती बजार कनकपट्टीमा वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
प्रदेश सांसद रामअशिष यादवको प्रमुख आतिथ्य तथा अवकाशप्राप्त कर्मचारी समाजका अध्यक्ष रामलोचन यादवको अध्यक्षतामा वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१७ का वडाध्यक्ष रामवृक्ष यादव, निवर्तमान वडाध्यक्ष परमेश्वर यादव, वडा सदस्य मनोज मुखिया, हेल्दी स्कुल अभियानका संयोजक डा.निरन्जन कुमार गोइत, नेपाल ओैषधि व्यवसायी संघ जनकपुरधामका अध्यक्ष प्रमोद कुमार अग्रवाल, समाजका उपाध्यक्ष यामुना प्रसाद साह, सचिव काशी यादव, कोषाध्यक्ष बिष्णुदेव यादव, समाजसेवी दुखी यादव, जामुन यादव, तेजनारायण यादव, गंगा प्रसाद मण्डलसहितका विशेष उपस्थिती रहेको थियो ।
सो शिविरमा डा. दिगविजय ठाकुर, डा.निरन्जन गोइत, डा.राजीव यादव, डा. लक्ष्मीनारायण गोइत, डा. जितेन्द्र जैसवाल, डा.संतोष यादव, डा. कृष्ण पाल महतो, डा.दिलिप यादव, डा. महारुद्र ठाकुर, डा. संतोष यादव, डा. ललिता यादव, डा. रामछबिला यादवसहितका चिकित्सकहरुले बिरामीहरुलाई उपचार गरेका थिए ।
शिविरमा ८ सय जना बिरामीहरुले उपचार गराएको हेल्दी स्कुल अभियानका संयोजक डा.निरन्जन कुमार गोइतले जानकारी दिए ।
सांसद यादवको पहल, हेल्दी स्कुल अभियानका आयोजन तथा अवकाशप्राप्त कर्मचारी समाज जनकपुरधाम–१७ को स्थानीय संयोजनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, नाक, कान घाँटी, रुघाखोकी, प्रसुति, बाल रोगसहितका बिरामीहरुले निःशुल्क उपचार गराएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


