जनकपुरधाम, १५ पुष । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले मधेश प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी आयोजना गर्न लागेको छ ।

‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ मूल भावनाका साथ प्रतिष्ठानले पाँच दिने प्रदर्शनी आयोजना गर्न लागेको हो ।

आगामी फागुन १८ देखि २२ गतेसम्म आयोजना हुन लागेको प्रदर्शनीमा सहभागिताका लागि आफूले निर्माण गरेका कलाकृतिहरु माघ १५ गतेसम्ममा जनकपुरधामस्थित मैथिली विकास कोषको कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि–२०८० बमोजिम नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुन लागेको प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी/अप्रतियोगी कलाकृति मैथिली विकास कोषको सहकार्यमा आ–आफ्नो कलाकृतिहरु बुझाउन सम्पूर्ण ललितकलाकर्मीहरुलाई आह्वान गरिएको छ ।

सूचना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वेबसाइट www.nafanepal.org र प्रतिष्ठानको आधिकारिक फेसबुक पेजमा पनि उपलब्ध छ ।

प्रादेशिक प्रदर्शनीमा समावेश भएर चुनिएका कलाकृती मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिको रुपमा समावेश गरिनेछ ।