दलाल र बिचौलियाको आरोपमा वीरगञ्जबाट १८ जना पक्राउ

पर्सा, १३ मंसिर । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिकाबाट १८ जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज बसपार्क तथा यातायात व्यवस्था कार्यालयमा दलाली गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी गाउँपालिका–१ का २१ वर्षीय संजीव गुप्ता, वीरगञ्ज–८ का ५१ वर्षीय बिजय साह, वीरगञ्ज–१० का १८ वर्षीय बजरंगी महतो, २२ वर्षीय राहुल महतो, ३८ वर्षीय विजय साह, २८ वर्षीय फिरोज खान, भारत विहार मोतिहारी बकतौराका २५ वर्षीय जटाशंकर कुमार, रौतहट माधवनारायण नगरपालिका–१ का २५ वर्षीय नरेश साह सोनार, गोरखा जिल्ला गोरखा नगरपालिका–९ का २६ वर्षीय सुशान्त कुँवर रहेका छन् ।
त्यसैगरी, वीरगञ्ज–१० का ३५ वर्षीय प्रभु पटेल, वीरगञ्ज–१५ का ३१ वर्षीय सन्देश सिंह, वीरगञ्ज–१६ का २० वर्षीय विकाश पटेल, वीरगञ्ज–११ का ३१ वर्षीय जयपुजन ठाकुर, २३ वर्षीय मनिष महतो, २२ वर्षीय चन्दनकुमार चौरसिया, ३५ वर्षीय सन्तोष महतो, वीरगञ्ज–१४ का २३ वर्षीय इद मिया धोबी र वीरगञ्ज–११ का ४० वर्षीय सुरज भगत माली पनि पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख, हैरानी दिने तथा यातायात कार्यालय पर्सामा आएका सेवाग्राहीहरूलाई काम छिटोछरितो गरिदिन्छु भनी मोलतोल गर्ने, कार्यालय परिसरमा अनाधिकृत रूपमा प्रवेश गरी काम मिलाइदिन्छु भनी प्रलोभनमा पारी अत्याधिक सेवा शुल्क लिने गरेको जनगुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सासले जानकारी दिए ।
पक्राउ परेका उनीहरुमाथि सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


