जनकपुरधाम, ९ मंसिर । शैक्षिक संस्थाहरु बन्द नै रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

उपमहानगरले जारी गरेको विज्ञप्तिमा शनिबार भएको निर्णयानुसार निर्देशन पालना गरी विद्यालय सञ्चालन गरेका संस्थागत विद्यालयहरुलाई धन्यवाद ज्ञापन गरिएको भनिएको छ । जबकी विद्यालयहरु भने अझै बन्द अवस्थामै छन् ।

उपमहानगरको विज्ञप्तिमा भनिएको छ, ‘संस्थागत विद्यालयबाट वार्तामा माग भएका विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण, निःशुल्क छात्रवृति सम्बन्धी कार्यविधि, कक्षा अपग्रेड, अवैध विद्यालय र कक्षा ८ को आधारभूत तह परीक्षा समितिमा नियमानुसार आमन्त्रण गरिने सम्बन्धी आगामी दिनमा सदैव वार्ता, सम्वाद र सहकार्यबाट समस्या समाधान गर्न तयार छौं ।’