चकलेट किनिदिने प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा एक पक्राउ

वीरगन्ज, ३ मंसिर । बारामा चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–१३ मा सोमबार बिहान १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए । ती पुरुषले बालिकालाई चकलेट किनिदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको प्रवक्ता सापकोटाले बताए । बलात्कारको आरोपमा पक्राउ परेका पुरुष ४१ वर्षीय रहेको बारा प्रहरीले जनाएको छ ।
बालिकाको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


