विवाहपञ्चमीमा जन्तीका लागी अयोध्या तिलकसहित निमन्त्रणा पत्र पठाइयो

जनकपुरधाम, १ मंसिर । विवाहपञ्चमी महोत्सवमा भारतको अयोध्यामा जन्तीलाई निम्तो दिनका लागि जनकपुरधामबाट विश्व हिन्दुपरिषद्को अगुवाईमा तिलकसहित निमन्त्रणापत्र लिएर पठाइएको छ।
भगवान् सीतारामको विवाहलाई लिएर ५ सय १ वटा तिलक र अयोध्याबाट आउने जन्तीका लागि निमन्त्रण पत्रसहित अयोध्याका लागि शनिवार प्रस्थान गरेका छन् ।
तिलक लिएर जाने टोलीलाई मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाइ गरेका छन् । मुख्यमन्त्री सिंह मङ्सिर २ गते वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम छ । तिलक लिएर जाने समूह २ गते नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाइमा राम मन्दिर ट्रस्टका चम्पत रायलाई हस्तान्तरण गरिनेछ ।
विवाहपञ्चमी यही मंसिर २१ गते जनकपुरधाममा प्रत्येक वर्ष झैँ यसपटक पनि धुमधामसाथ सात दिवसीय कार्यक्रम गरी मनाइने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


