धनुषामा जुवाको खालबाट ९ लाख रुपैयाँसहित ३९ जना पक्राउ

जनकपुरधाम, १८ कार्तिक । धनुषा प्रहरीले जुवाको खालबाट ९ लाख रुपैयाँसहित ३९ जनालाई पक्राउ गरेको छ ।
शनिबार राति जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा बजारको सार्वजनिक दलानमा जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले एउटै हलमा जुवा खेलिरहेका उनीहरुको साथबाट ९ लाख ७३ हजार ८७० रुपैयाँ बरामद गरिएको जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


