जनकपुरधाममा ६ दिवसीय “सामा चकेवा” मूर्तिकला निर्माण कार्यशाला हुँदै

जनकपुरधाम, १८ कार्तिक । जनकपुरधाममा ६ दिवसीय “सामा चकेवा” मूर्तिकला निर्माण कार्यशाला सञ्चालन हुन लागेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं र मैथिली विकास कोष जनकपुरधामको आयोजनामा सो कार्यशाला सञ्चालन हुन लागेको हो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मौलिक संस्कृतिको संरक्षण एवम् व्यवसायिक प्रवर्द्धनको उद्देश्यले यही कार्तिक २५ गते आइतबारदेखि कार्तिक ३० गते शुक्रबारसम्म ६ दिवसीय “सामा चकेवा” मूर्तिकला निर्माण कार्यशाला सञ्चालन हुन गइरहेको जानकारी दिएका छन् ।
अध्यक्ष चौधरीले इच्छुक महिला–पुरुष एवम् आम समुदायसँग कार्यशालामा निःशुल्क सहभागी भइ अवसरको लाभ उठाउन आग्रहसमेत गरेका छन् । उनले कार्यशालामा सहभागिताका लागि सिट सिमित रहेकोले इच्छुक व्यक्तिहरुलाई कार्तिक २३ गतेसम्म सम्पर्क गर्न आग्रह गरे ।
कार्यशाला जनकपुरधाम–८ ज्ञानकूपस्थित मैथिली विकास कोषको निर्माणाधीन भवनमा सञ्चालन हुने अध्यक्ष चौधरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


