महोत्तरी, १२ कार्तिक । महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पजल्लाको पिपरा गाउँपालिका वडा नम्बर–७ दनौलीस्थित आँपको बगैचामा अनुहार जलाइएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अन्दाजी २५ वर्षको महिलाको शव आँप बगैचामा भेटिएको हो ।

अनुहारमाथी सल राखेर जलाइएको अवस्थामा फेला परेको शवको परिचय खुल्न नसकेको महोत्तरी प्रहरीले जनाएको छ ।