जनकपुरधाममा यसरी गरियो रावण बध र लंकादहन

जनकपुरधाम, २६ असोज । विजयादशमीको अवसरमा जनकपुरधाममा रावण बध र लंकादहन गरिएको छ ।
विजयादशमीको अन्तिम दिन शनिबार साँझ रावणको प्रतिमा निर्माण गरी ‘बध’ गरिएको हो ।
जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, मेघनाथ र कुम्भकर्णको प्रतिमामा आगो लगाइएको हो । रावण बध भएको खुशियालीमा पटाका समेत पड्काइएको थियो ।
१४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा रावण बध कार्यक्रम गरिदैं आएको छ ।
जनकपुरधामस्थित धनुष सागर पोखरीको डिलमा रावण बध कार्यक्रम हेर्न नगरवासीलगायत विभिन्न स्थानबाट आएका सर्वसाधारणहरूको घुइँचो लागेको थियो ।
१४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोको खुसीयालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ ।
जनकपुरधामस्थित धनुषसागर र गंगासागरको तलाउ बीचमा रहेको डिलमा करिव साढे ३ लाखको लागतमा ५२ फिटको रावणको प्रतिमा निर्माण गरी धनुषवाणले रावणको बध गरि दहन गरिएको हो ।
यसवर्ष जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले रावण बध गरेका हुन् ।
महावीर युवा कमिटीको पहलमा पछिल्लो १० वर्षदेखि जनकपुरधाममा रावणवध कार्यक्रम भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


