मधेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु

जनकपुरधाम, १४ असोज । मधेश प्रदेशमा बाढी र डुवानबाट पाँच जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । बाढी र डुवानमा परी ८ जना घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीमा महोत्तरी र रौतहटमा २/२ जना पुरुष र सप्तरीमा एकजना पुरुषको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार सर्लाही र पर्सामा गरेर दुईजना बेपत्ता भएका छन् । त्यस्तै, ९ वटा चौपाया मरेका छन् । बाढी र डुवानबाट ५४ वटा घरमा क्षति भएको छ भने ९६ घरपरिवार विस्थापित भएको एसपी बोहराले बताए ।
बाढी र डुवानबाट पाँचसयजना मानिस विस्थापित भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


