जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह भारी मतान्तरले निर्वाचित भएकी छन् ।

सम्पन्न अन्तिम मतपरिणाम अनुसार साह १ हजार ६७२ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी माया साहले १ हजार १४४ तथा सरिता ठाकुरले ६५५ मत पाएकी छन् ।

आफ्ना प्रतिद्धन्द्धी माला साहलाई ५२८ मतले पराजित गर्दै रिंकु विजयी भएकी छन् । महिला उपाध्यक्षमा ७४ वटा मत बदर भएको निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले जानकारी दिए ।

संघको अध्यक्षमा सुरेन्द्र भण्डारी केहीबेर निर्वाचित भइसकेका छन् । उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।

संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । मतदानमा भने ३ हजार ५७४ मत खसेको थियो ।