जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित

जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
आइतबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सम्पन्न भएको मतपरिणाम अनुसार भण्डारीले १ हजार ६४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मनिष रमण साहले १ हजार ५७२ तथा जितेन्द्र प्रसाद साहले २९३ मत पाएका छन् ।
आफ्ना प्रतिद्धन्द्धी मनिष रमण साहलाई ७२ मतले पराजित गर्दै भण्डारी विजयी भएका छन् । अध्यक्षमा ६३ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
संघको उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।
तल तस्बिरमा हेर्नुहोस् मतपरिणाम :

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


