जउवा संघको मतगणना जारी : अध्यक्षमा सुरेन्द्र, बरिष्ठ उपाध्यक्षमा मनोज र महिला उपाध्यक्षमा रिंकुको अग्रता

जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिलेसम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र भण्डारीले अग्रता लिएका छन् ।
३ हजार ५ मतगणना गर्दा भण्डारीले १ हजार ३८९ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार मनिष रमण साहले १ हजार ३२३ मत प्राप्त गरेका छन् । त्यस्तै, जितेन्द्र प्रसाद साहले २४४ मत पाएका छन् । अध्यक्षमा ४८ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए । संयोजक साहका अनुसार मतगणना प्रक्रिया आइतबार बिहानदेखिनै जारी रहेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ७६ जना मतदाता रहेका थिए । मतदानमा ३ हजार ५७४ मत खसेको थियो ।
यस्तै बरिष्ठ उपाध्यक्षमा २ हजार १० मतगणना हुँदा मनोज साहले १ हजार ३३ मत ल्याएका छन् । त्यस्तै, अम्भु प्रसाद साहले ६२१ र विकास कुमार चौधरीले ३१२ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्षमा ४२ वटा मत बदर भएको छ ।
महिला उपाध्यक्षमा २ हजार २१ मतगणना हुँदा रिंकु साहले ८९९, माया साहले ६५६ र सरिता ठाकुरले ४३० मत ल्याएकी छन् । महिला उपाध्यक्षमा अहिलेसम्म ३६ वटा मत बदर भएको छ ।
संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


