जउवा संघको मतगणना जारी, अध्यक्षमा भण्डारी अगाडि

जनकपुरधाम, ३० भदौ । जनकपुरधाम उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना जारी रहेको छ । जारी मतगणनामा अध्यक्ष पदका प्रत्यासी सुरेन्द्र भण्डारी अगाडि रहेका छन् ।
निर्वाचन समितिका संयोजक ललित साहले दिएको जानकारी अनुसार अध्यक्ष पदको २ हजार ५०३ मतगणना सकिँदा भण्डारीले १ हजार १७६ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी मनिष रमण साहले १ हजार ८७ मत प्राप्त गरेका छन् । त्यस्तै, जितेन्द्र प्रसाद साहले १९६ मत पाएका छन् । अध्यक्षमा ४४ वटा मत बदर भएको उनले जानकारी दिए ।
संघको आगामी नेतृत्वका लागि शनिबार भएको मतदानमा कुल ३ हजार ५७४ मत खसेको छ । आजसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी निर्वाचन समितिले मतगणनालाई जारी राखेको छ ।
यस्तै बरिष्ठ उपाध्यक्षमा १ हजार ५१० मतगणना हुँदा मनोज साहले ७७४ मत ल्याएका छन् । त्यस्तै, अम्भु प्रसाद साहले ४६२ र विकास कुमार चौधरीले २३६ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्षमा ३८ वटा मत बदर भएको छ ।
महिला उपाध्यक्षमा २ हजार २१ मतगणना हुँदा रिंकु साहले ८९९, माया साहले ६५६ र सरिता ठाकुरले ४३० मत ल्याएकी छन् । महिला उपाध्यक्षमा अहिलेसम्म ३६ वटा मत बदर भएको छ ।
संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भएका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


