दलित बालिकाहरुमाथि भएको कुटपिट घटनामा संलग्नलाई तत्काल पक्राउ गर्नुपर्ने सांसद दासको माग

जनकपुरधाम, २९ भदौ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशकी सांसद ललिता दासले सर्लाही भलुवाहीमा ८ जना दलित बालिकाहरुमाथि भएको कुटपिट घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेकी छन् ।
शनिबार मधेश प्रदेशसभा बैठकमा बोल्दै सांसद दासले प्रदेश सरकारसँग यस्तो माग गरेकी हुन् ।
उनले भनिन्, ‘साँच्चिकै दलितको लागि न्याय मरेको हो त ? नत मिडयालाई मतलव छ नत प्रहरी प्रशासनलाई । कयौं बन्धन तोडेर विद्यालयसम्म पुगेका सर्लाही भलुवाहीका ८ जना दलित बालिकाहरुलाई घर फर्किने बेलामा विनोद डाक्टर र रामइश्वरको छोराहरुले हाम्रो भाइबहिनीहरुसँग बराबरी मुख लाग्छस् भनेर मरनासन्न हुनेगरि कुटपिट गरे । अहिले ति बालिकाहरु अस्पतालमा उपचाररत छन् । यो विषयलाई त्यहाँका जनप्रतिनिधिहरुले ढाकछोप गरि लुकाउन खोज्दै छन् । के यस्तै भइराख्यो भने दलित बालबालिकाहरु ढुक्क भएर आफ्नो मनको कुराहरु बोल्न सक्छन् त ? फेरि ढुक्क भएर विद्यालय जान सक्छन् ? यसमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछु ।’
सांसद दासले यसअघि पनि संसदमा वन कार्यालय लहानका प्रमुख (अधिकृत) सुजित झाको सरुवामा मुख्यमन्त्री सतिशकुमार सिंहले रकम खाएको आरोप लगाएकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


