सचिव पदमा ‘सेलिब्रेटी’ उम्मेदवार नरेन्द्रले चुनाव जित्ने धेरैको आंकलन

जनकपुरधाम, २९ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भदौ २९ गते शनिबार निर्वाचन भइरहेको छ । व्यापार संघको वरपर अहिले चुनावी माहौल तातिएको छ । मतदाता कस्तो उम्मेदवारलाई जिताउँदा व्यापार संघको विकास हुन्छ भन्ने छलफलमा रहेका देखिन्छन् भने उम्मेदवारहरु पनि आ–आफ्नो चुनावी घोषणा लिएर व्यापार व्यवसायको विकासको प्रतिवद्धता जनाउँदै निर्वाचनमा व्यस्त छन् । यस्तै व्यस्तताकाबिच भेटिए ‘सेलिब्रेटी’ उम्मेदवारको रुपमा चिनिएका सचिव पदका कान्छो उम्मेदवार नरेन्द्र बिक्रम साह (निरज) ।
पहिलो कार्यकाल कार्यकारिणी सदस्य बनेका नरेन्द्र दोहोरिन खोज्दा सचिव पदमा उम्मेदवारी दिएका छन् । नरेन्द्र आफैमा ‘सेलिब्रेटी’ उम्मेदवारका रुपमा चिनिन्छन् । जनकपुरधाममा मात्र नभएर जिल्लामै धेरैले उनलाई चिन्छन् । विभिन्न समयमा देखाएको सक्रियता होस् या सामाजिक सञ्जालको लेखाई, पटक–पटक उनी चर्चामा आउँछन् ।
पहिलो पटक कार्यकारिणी सदस्यमा चुनाव जितेपछि व्यापारीकै बिचमा समय बिताएको दावी गर्ने २९ वर्षीय नरेन्द्र सबै व्यापारीका साझा उम्मेदवार हुन् भन्दा पनि फरक नपर्ला । जनकपुरधाममा हुने बिभिन्न कार्यक्रममा उनलाई ‘प्रमुख वक्ता’ को रुपमा बोलाइन्छ । त्यसकारण पनि उनी ‘सेलिब्रेटी’ जस्ता छन् ।
अन्य उम्मेदवारभन्दा उनको लोकप्रियता धेरै छ । उनै नरेन्द्रलाई टक्कर दिनका लागि उनको पदमा चुनावी मैदानमा उनीसँगै छन् राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साह । नरेन्द्र सरल युवाको रुपमा चिनिन्छन् । मतदाताको साथका कारण चुनाव जित्ने दाउ उनको छ । यसो भनिरहँदा यी ४ जनामा सचिव पदमा कसले बाजी मार्छ त ? व्यापारीहरुबीच एउटा जिज्ञासा छ ।
चारैजनाले जित हासिल गर्ने दावीका बीच बाहिरी चर्चामा नरेन्द्रले चुनाव जित्ने आंकलन धेरैको छ । त्यसपछाडीका धेरै कारण छन् । यस क्षेत्रका व्यापारी, व्यवसायी, बुद्धिजिवी, नागरिक अगुवा सबैले नरेन्द्रले सहजै चुनाव जित्ने अनुमान गर्दछन् । अन्य ३ जना उम्मेदवारलाई कम नआँक्ने उनीहरु नतिजामा भने नरेन्द्रले नै बाजी मार्ने लख काट्छन् ।
सबै उम्मेदवारको आ–आफ्ना विशेषता भएपनि नरेन्द्र एकपटक चुनाव जितिसकेका, यहाँको विकाससँग जोडिइसकेका, सबैसँग परिचित भएका, कोरोना कालमा त्रसित जनताको साथी भएका, जनकपुरधाम उद्योग वाणिज्य संघमा शक्तिशाली भएर योग्यता बोकेका, अहिलेसम्म कुनै विवाद र काण्डमा नफसेका इत्यादि कारणले नरेन्द्रले अन्यलाई सजिलै हराउने बाहिरी विश्लेषण छ । मतान्तर धेरथोर जति भएपनि अन्तिममा भने नरेन्द्र यसपाली सचिव पदमा विजयी हुने बताइन्छ ।
बाहिरी विश्लेषणजस्तै नरेन्द्र पनि चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन् ‘चुनाव जित्न मलाई कुनै असहजता भएको देख्दिनँ । यो मेरो दावीभन्दा पनि मतदाताको दावी हो । यो त्यो केही नभनौँ मैले चुनाव सजिलै जित्छु ।’
मेरा अन्य प्रतिष्पर्धीहरु पनि आफ्नो असल मित्र भएको उनको भनाई छ । यसपटक फेरि चुनाव जितेर गर्न बाँकी रहेका अधुरा कामहरु फत्ते गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


