महोत्तरीका एक चिकित्सक ५ महिनादेखि बेपत्ता

महोत्तरी, २७ भदौ । महोत्तरीका एक चिकित्सक ५ महिनादेखि बेपत्ता छन् ।
महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन् ।
काठमाडौँमा बस्दै आएका उनी कामको सिलसिलामा जनकपुरधाम पुगेपछि परिवारको सम्पर्कमा नआउँदा खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताइन् ।
प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


