जउवा संघको कार्यकारिणी सदस्यमा महतो मजबुत उम्मेदवार

जनकपुरधाम, २२ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको यही भदौ २९ गते हुन लागेको निर्वाचनमा युवा व्यवसायी रमेश महतो सुडीले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
सुडीले युवा सहभागिताको लागि उद्योग एवं व्यापारको समुचित विकासबाटै मुलुकको आर्थिक समृद्धि गर्न संघमा सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिएका हुन् । सामाजिक तथा व्यवसायिक क्षेत्रमा संलग्न सुडीले स्वतस्फुर्त रुपमा संघको सदस्य पदको लागि उम्मेदवारी दिएको जनाएका हुन् ।
उनले व्यसायिक हितको सुरक्षा र कल्याणको अभिबृद्धि गर्न, उद्यमीहरुको सृदृढ, सशक्त र सक्षम संगठनलाई सवल दिशा निर्देशन गर्न, आर्थिक समृद्धिका लागि समानुकुल बञ्छित गति दिन, उद्योग, व्यापार, सम्बन्धित व्यवसाय र व्यावसायीहरुको हकहितका लागि गठित व्यावसायिक एकता मजबुद पार्न, देशको अर्थतन्त्रप्रति समयानुकुल परिर्वतनका लागि आवश्यक पुर्वाधार निमार्णमा सहयोग पुर्याउन, शासकिय बर्गबाट ध्यान नपुगेको जनसमुदायका जीवनस्तर उकास्न, बढ्दै गएको वेरोजगार न्युनिकरण र विदेशिदै गरेका युवा जनशक्तिको रोकथाम गर्न, अन्य आयमुलक व्यवहारिक सीप तालिमको व्यवस्था गरी गरीबी निवारणमा टेवा पुर्याउन आफूले उम्मेदवारी दिएको बताए ।
सुडी पूजा मोटरसाइकल रि–एण्ड डेन्ट पेन्ट हाउस, रेणु जेनरल सप्लायर्स तथा पूजा अटो जेनरल स्टोर्सका सञ्चालक हुन् ।
संघको ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतोलगायत सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुब कुमार साह, दिलिप कुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


