प्राचार्य कर्णलाई मेसमा खाना खान रोक

जनकपुरधाम, २२ भदौ । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ क्याम्पस मटिहानीका प्राचार्य वीरेन्द्रलाल कर्णलाई विद्यापीठको मेसमा खाना खान रोक लगाइएको छ ।
विद्यार्थीहरुको मेसमा प्राचार्य कर्ण निशुल्क खाना खाइरहेका थिए । विद्यार्थीहरुको छात्रवृति रकमवाट सो मेस सञ्चालन हुँदै आएको छ ।
विद्यार्थीहरुले सुरुमा मेसमा नखान उनलाई आग्रह गरेका थिए । तर उहाँले नमानेपछि विद्यार्थीहरुले खाना खान मेसमा पुगेको बेला त्यहाँबाट निकालीदिएका छन् ।
विद्यार्थीको लागि छात्रवृति रकमको पैसाबाट मेस सञ्चालन हुँदा प्राचार्यले खाना खाइरहेकाले कर्मचारी, शिक्षकहरुले समेत आलोचना गर्दै आएका थिए ।
विद्यार्थीको मेसमा किन खाना खाएको र मेसबाट निकालिएको कारण सम्बन्धमा प्राचार्य कर्णसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


