चुनाव जित्नेहरु पनि उम्मेदवार सरह प्रतिवद्वता मात्र बाँड्नु लज्जास्पद : पाण्डे

जनकपुरधाम, २२ भदौ । नेपाल क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले चुनाव जितेर पद पाइसकेकाहरुले पनि उम्मेदवारहरु सरह प्रतिवद्वता मात्र बाँडदै जानु लज्जास्पद रहेको बताएका छन् ।
शनिबार जनकपुरधाममा नेपाल क्रिकेट संघ धनुषाको बार्षिक साधारणसभामा बोल्दै पाण्डले यिनीहरुनै विकासको बाधक बनेको बताएका हुन् ।
मधेशका सभामुख रामचन्द्र मण्डलसमेत सहभागी रहेको कार्यक्रममा उनले भने, ‘जितेर पदमा गएकाहरु काम गर्नुपर्नेमा, उम्मेदवार रहेका बेला जस्तै प्रतिवद्वता र भाषणवाजी मात्र गर्छन बा, यो के हो ? ।’
उनले जितेर ठाँउमा पुगेकाहरु काम, कार्यसम्पादन र कार्यान्वयन गर्नुपर्नेमा विपक्षी र चुनावअघिका उम्मेदवारहरु जस्तो भुमिकामा देखिनु लज्जास्पद भएको र त्यसैकारण संघियता धरापमा पर्ने वातावरण बन्दै गएको बताए । उनले हरेक संघिय मन्त्री, मुख्यमन्त्री सहितका उच्च पदस्थहरु आएर ढकोस्ला बाहेक अरु केहि गर्न नसकेको गुनासो पोखे ।
पाण्डेको आक्रमक तर्क सुनेर जनप्रतिनिधी र विभिन्न सरकारी निकायका प्रतिनिधीहरुको मुहार परिवर्तन भएको थियो ।
पाण्डेलगायत दिनेश पुर्वे, सरोज कुमार मिश्र, आकाश पाण्डे, आशिष झासहित पूर्वखेलाडी युवाहरुको टिम जनकपुरधामको रजौलमा प्रस्तावित महत्वकांक्षी श्री रामजानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


