जितेन्द्र पक्षको प्रश्न, ‘व्यापारीको चुनाव व्यापारीले हाँक्न नपाउने ?’

जनकपुरधाम, २२ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको यही भदौ २९ गते शनिवार निर्वाचन हुन गइरहेको छ । सो निर्वाचनमा अध्यक्ष पदमा तिनजना उम्मेदवारहरु प्रतिष्पर्धामा छन् । यसपालि त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । अध्यक्षमा जितेन्द्र प्रसाद साह, वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र उपाध्यक्ष सुरेन्द्र भण्डारी तिनैजना लोकप्रिय र आ–आफ्नो क्षेत्रमा पडक भएका व्यक्तिहरु हुन् ।
जितेन्द्र बारे विभिन्न हल्ला फैलाएर उनलाई पाखा लगाउने काम भइरहेको स्वयम उनले नै पत्रकार सम्मेलन आयोजना गरेर बताइसकेका छन् । उनले व्यापारीको चुनाव व्यापारीले नै हाँक्नुपर्ने र निर्णय लिनुपर्ने बताउँदै अनेकन दबाब प्रभावको प्रयास भइरहेपनि आफू नझुक्ने बताएका छन् ।
जितेन्द्र संघको सदस्य, कोषाध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेको सक्षम वरिष्ठ उम्मेदवार भएपनि उनैमाथी विभिन्न प्रभाव र दबाब दिइनु आपत्तीजनक रहेको उनको समुहका एकजना व्यापारीले बताए । उनले भने, ‘कस्तो आश्चर्यजनक छ, वरिष्ठता, अनुभव, लगानी र सक्रियता कुनैपनि हिसावले जितेन्द्र अगाडि हुँदा पनि दबाब दिने काम भइरहेको छ ।’
उनले जितेन्द्र चुनाव जितेर अनावश्यक प्रभावहरु निष्तेज हुने दाबी गरेका छन् । ‘जितेन्द्रको व्यक्तित्व झुक्ने होइन, उनी अडिग र अटल छन, भित्रभित्रै जित उनैको देख्दै छु’ रामचौकको पसलमा बसिरहेका एक वृद्व व्यापारीको दावी थियो ।
जितेन्द्रले आफू पार्टीको पनि जेनुन र पूरानो कार्यक्रता रहेको कुरा जनकपुरधामवासीमा अवगत रहेको बताउँदै भन्न नसकेपनि भित्रभित्रै पार्टीको सम्पूर्ण सहयोग आफूलाई नै रहेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


