जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित

जनकपुरधाम, १६ भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित भएका छन् । यसअघिको निर्वाचनमा सोहि पदमा पराजित भएका साह यसपटक भने निर्विरोध निर्वाचित भएका हुन् ।
उनीविरुद्व उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका कपिलेश्वरका विश्वनाथ साह सुडीले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित हुने पहिलो भाग्यशाली उम्मेदवार बनेका छन् ।
निर्वाचन समितिका अध्यक्ष ललित साहले आइतबार १२ बजेर २० मिनेटमा सुडीले उम्मेदवारी फिर्ता लिएको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघको अन्य पदहरुमा भने भदौ २९ गते शनिबार निर्वाचन हुन लागेको छ । संघमा अहिले कूल ४ हजार ७६ मतदाता रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


