जनकपुरधाम, २ भदौ । व्यापारीहरुको साझा संस्था जनकपुरधाम उद्योग वाणिज्य संघमा अधिवेशनको चहल पहल छ । यही भदौ २९ गते संघको १५औं अधिवेशन पनि भएकाले संघको नेतृत्वमा स्थापित हुनको लागि उम्मेद्वारहरु आ–आफ्नो उम्मेद्वारी घोषणा गरेर चुनावी मैदानमा देखिएका हुन् ।

संघको आगामी नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत अधिकांश पदमा उम्मेदवारहरुले आ–आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । यसैबिच, सचिव पदका लागि नरेन्द्र विक्रम साह (निरज) ले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

निरज यस क्षेत्रकै सफल युवा व्यवसायीमध्ये एक हुन् । लामो समयदेखि जनकपुरधाममा व्यवसाय गर्दै आएका उनले आफूले उद्योगी व्यवसायीको हकहित, संरक्षण र मर्यादित व्यवसायमा जोड दिँदै आएको बताउँछन् । निरजले सचिव पदका लागि आफू योग्य भएकोले यहाँका व्यवसायीहरुले आफूलाई विजयी गराउनेमा विश्वस्त छन् ।

निरजले आफू सफा शहर, पर्यटन विकास र समृद्ध बजारको नीतिलाई आत्मसात गर्दै स्वदेशमै रोजगारका लागि व्यापार व्यवसायमा यूवाशक्तिलाई प्रोत्साहन गर्नुपर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको सुनाए । उनले आफू निर्वाचित भए धनुषा जिल्लालाई औद्योगिक करिडोर बनाउनका लागि पहल गर्नुका साथै तेस्रो मुलूकमा आयात निर्यातका लागि बन्दरगाह निर्माण गर्नसमेत पहल गर्ने प्रतिबद्धता जनाए । आफूले व्यवसायीको हरेक समस्यालाई बुझ्दै समाधानका लागि हरसम्भव पहल गर्ने दृढतासमेत निरजले जनाएका छन् ।

उनले आफ्नो पहलमा धनुषा जिल्लामा ७७ वटा व्यवसायीक कम्पनीहरु दर्ता गराएको र त्यसमध्ये २० वटा एकदम राम्रो अवस्थामा सञ्चालमा रहेको बताए । निरजले हाल जनकपुरधाममा जय बाबा गिरनारी निर्माण सेवा, विक्रम सप्लायर्स, प्रदेश मल्टिमिडिया प्रालि र संबित स्टोर्स सञ्चालन गरेका छन् ।

यस्तो छ, सचिवमा उम्मेद्वारी घोषणा गरेका निरजको व्यापार संघको यात्रा

सचिव पदमा उम्मेदवारी घोषणा गरेका निरजले संघमा पहिलो कार्यकाल सदस्यमा बसेर काम गरेको अनुभव रहेको बताए । बिसं २०७६ सालमा जनकपुरधाम उद्योग वाणिज्य संघमा प्रवेश गरेका निरजले ब्यापार संघले आयोजना गरेको विभिन्न व्यापारीक मेलाहरुमा लगातार सहभागिता जनाएका छन् ।

निरजले व्यापार संघको विभिन्न कार्यक्रमहरुमा कार्यक्रम संयोजकको रुपमा आफ्नो सफल भूमिका निर्वाह गरिसकेका छन् । उनले आफूले विभिन्न उपसमिती संयोजक, सदस्यलगायतको भूमिकामा जिम्मेवारीपूर्वक काम गरेको बताए ।

उनले यहाँका विभिन्न संघसंस्थामा जिम्मेवारीपूर्वक काम गरेको अनुभव आफूसंग रहेको बताउँदै संघको सचिवमा आफू पूर्ण योग्य रहेकाले जिम्मेवारी पाएमा आफ्नो अनुभव र क्षमतालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

निरज सफल व्यवसायी मात्र नभएर कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रुपमा समेत परिचित छन् । २९ वर्षीय युवा व्यापारी निरजले आफूले स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाँउसम्म व्यापार बिस्तार भन्ने व्यापार संघको नारालाई आत्मसात गरेको बताउँछन् ।

निरजले आफू व्यापारीहरूको समस्या समाधान गर्न हरपल तयार रहेको प्रतिबद्धता जनाउँदै सबैको सहयोग र समर्थन गर्नका लागि अपील गरेका छन् ।