राम युवा कमिटिको निर्वाचन शनिबार

जनकपुरधाम, २८ असार । नयाँ नेतृत्वका लागी श्रीराम युवा कमिटिको १६ औं निर्वाचन शनिबार हुने भएको छ ।
धार्मिक, सांस्कृतिक, सामाजिक तथा खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आइरहेका जनकपुरधामको चर्चित संस्था मध्ये एक श्री राम युवा कमिटीको निर्वाचन शनिबार हुने भएको छ । नयाँ नेतृत्वका लागी विभिन्न पदमा ३० जना उम्मेदवार छन् ।
अध्यक्ष पदमा ४, वरिष्ठ उपाध्यक्ष ४, उपाध्यक्ष ३, महासचिव ३, सचिव ३, कोषाध्यक्षमा २ र सदस्य पदका लागी ११ जनाले उम्मेदवारी दिएका हुन । अध्यक्षमा गणेश प्रसाद साह, सरोज कुमार साह, शम्भू प्रसाद साह (प्रेमी)र पंकज आजाद उम्मेदवार छन् ।
वरिष्ठ उपाध्यक्ष पदमा शिव ठाकुर सोनार, अनिकेत कुमार ठाकुर, उपेन्द्र भण्डारी र अजय कुमार साह (जय) उम्मेवार हुन । उपाध्यक्ष पदमा दिलीप साह, राम प्रताप साह, लालबाबु साह र महासचिवमा गंगा प्रसाद मण्डल, विजय कुमार साह र विनोद ठाकुर उम्मेदवार रहेका छन ।
सचिव पदमा शुभाष चन्द्र साह, शम्भू लाल दास, लोकेश्वर झा र कोषाध्यक्ष पदमा मनिष कुमार चौधरी र कृष्णकान्त झा उम्मेदवार छन् । सदस्य पदमा आन्नद कुमार मण्डल, अजय कुमार साह, अमर ठाकुर, दिलीप कुमार साह, जितेन्द्र कुमार भगत, महावीर कुमार साह, निरज शर्मा, प्रहलाद साह, प्रकाश ठाकुर, संजिप कुमार साह र सुदिप भण्डारी उम्मेदवार हुन ।
यी उम्मेदवारहरु यतिबेला व्यस्त छन् । उम्मेदवारहरु प्रचारप्रसार कार्यलाई तिव्रता दिदै आ–आफ्नो पक्षमा मतदान गर्न मतदाता समक्ष आग्रह गर्दै मत माग्दै छन् ।
नयाँ नेतृत्वका लागी भइरहेको १६ औं निर्वाचनको माहौल हेर्दा दुई उम्मेदवार अत्यधिक चर्चामा छन् । यता अध्यक्ष पदका उम्मेदवार गणेश प्रसाद साह कमिटिको प्रथम निर्वाचन २०४९ सालमा महासचिव पदमा निर्वाचित भई निकै कामहरु गरेका हुन । महासचिव पदमा हुदाँ उनी आफ्नो नेतत्वमा युवाहरुलाई व्यक्तित्व विकासका लागी विभिन्न कार्यक्रम संचालन गरेको साहले बताए ।
खेलकुदको विकासमा अहम भूमिका निर्वाह गर्दै २०५० सालमा धनुष सागरमा पौडी ट्रयाक बनाई पौडी प्रतियोगिता आयोजना गरेको अध्यक्ष पदका उम्मेदवार साह बताँउछन् ।
उनी भन्छन्मे, ‘मेरै नेतृत्वमा त्यही वर्ष जचुकाली र कमिटि बीच भएको क्रिकेट टुर्नामेन्टमा कमिटिले जित हासिल गर्न सफल भएको कुरा कसैसंग लुकेको छैन । त्यो बेला मैले मन्दिरमा दशमीको बेला दर्शन गर्न आउने महिला पुरुषको लाइन एउटै हुँदा महिला स्वंम सेवक व्वस्थापन गरेर च्यारेटी शो लगायत विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थिए ।’
कमिटीको र संस्थाका सदस्यहरुको भावना अनुरूप सकारात्मक परिवर्तनका लागि प्रस्तुत हुने वचनबद्धता समेत उनले जनाए ।
कमिटिले व्यस्थापनको लागी बेला बेलामा दिएको जिम्मेवारी सकारात्मक रुपमा निर्वाह गरेको उनले दावी गरे । उनी विभिन्न संघसंस्थामा सक्रिय भई कार्यहरु गर्दै आइरहेका छन् । आफूसंग संस्थाको विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेकोले अध्यक्ष पदमा उम्मेदवारी दिएको साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


