रामको कोषाध्यक्षमा चौधरीको चर्चा

जनकपुरधाम, २८ असार । जनकपुरधामको चर्चित युवा क्लव मध्ये एक श्री राम युवा कमिटिको १६ औं निर्वाचन शनिबार हुने भएको छ ।
नयाँ नेतृत्वका लागी भइरहेको निर्वाचनको माहौल हेर्दा कोषाध्यक्ष पदका उम्मेदवार मनिष कुमार चौधरी अत्यधिक चर्चामा छन् ।
कोषाध्यक्ष पदका उम्मेदवार चौधरी कमिटिमा पहिलोपटक पदाधिकारीमा उम्मेदवारी दिएका हुन् । चौधरी पछिल्लो दिनमा उम्मेदवारी दिने मनसाय बनाएपनि इष्टमित्र र कमिटिको सदस्यहरुको भावनालाई बुझि सहयोग र समर्थन गर्दे आइरहेका थिए ।
यस निर्वाचनमा कमिटिका सदस्य र पूर्वपदाधिकारीहरुले कमिटिको विकास निर्माणमा चौधरीको आवश्यकता रहेकोले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन सल्लाह दिएपछि मात्र मैले उम्मेदवारी दिएको चौधरी बताउँछन् ।
उनले कमिटिलाई व्यवस्थित र समृद्ध बनाउने आफ्नो विकासका एजेण्डाहरु अघि सारेका हुन् । कमिटिको सकारात्मक परिवर्तनका लागि प्रस्तुत हुने वचनबद्धता समेत चौधरीले जनाए ।
चौधरीले कमिटिको हकहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्वपदाधिकारी तथा सदस्यहरुले भन्छन् चौधरीकै पहलमा कमिटिको विकासका लागी करौडौं रकम आएको हो । मधेश प्रदेश सरकारसंग समन्वय गरी कमिटिको विकासका निमित्त चौधरीको पहलमा आएको बजेटमा कमिटिमा भवन, व्ययामशाला(जिम) हाउस निर्माण भइसकेको हो ।
आ.ब. २०८१/०८२ मा पनि कमिटिको आकर्षक प्रवेशद्धार र थप निर्माण कार्यका लागी चौधरीकै पहलमा करौडौं रकम मधेश प्रदेश सरकारले छुट्याएको हो । कमिटिको विकासको लागी सकारात्मक सोच राख्ने एक असल युवा चौधरी रहेकोले विजयी सुनिश्ति रहेको धेरैको बुझाई छ ।
नयाँ नेतृत्वका लागी विभिन्न पदमा ३० जना उम्मेदवार छन् । अध्यक्ष पदमा ४, वरिष्ठ उपाध्यक्ष ४, उपाध्यक्ष ३, महासचिव ३, सचिव ३, कोषाध्यक्षमा २ र सदस्य पदका लागी ११ जनाले उम्मेदवारी दिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


