धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

जनकपुरधाम, २० असार । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।
जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर-५ बहुअर्वास्थित घोङ्गघाईर पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोहि ठाउँ बस्ने ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ वर्षीया जिन्नत खातुन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बिहीबार दिउँसो पोखरीमा तीनै जना बालिकाहरू मृत फेला परेका जानकारी दिए ।
मृतक तीनजनै बालिकाहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


