मधेश प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

जनकपुरधाम, ३१ जेठ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभाको विहिवार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राखेको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गरेका छन् । उनले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गरेका छन् ।
यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेका नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गरेका छन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।
गत मङ्गलवार मधेश प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


