झुन्डिएको अवस्थामा प्रहरी जवान मृत फेला

जनकपुरधाम, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनी बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय हुन् । सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएकी सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एक जना अधिकृतले रबताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


